काठमाण्डौ २१, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरू भएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित हुनुभएको छ ।
९ सदस्यीय सचिवालय मध्ये ४ जना भने सहभागी भएका छन् । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् सचिवलाय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने सहभागी भएका छैनन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले अनौपचारिक बैठकका लागि सचिवालयका ९ जनालाई नै बैठकमा बोलाइएको बताएका छन्।