गोरखा २१, कात्तिक । गोरखा जिल्लामै पहिलो पटक बन्द लागेको कृतिम घाँसे मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गोरखा नगरपालिका वडा नम्बर ९ स्थित दलभन्जाङमा द ओसन क्लबले घाँसे मैदान निर्माण गरेको हो ।फुटबल खेलाडीहरुलका लागि बाह्रै महिना खेल परीक्षण गर्न मिल्ने गरि क्बलले घाँसे मैदान निर्माणका गरिरहेको क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो ।

जिल्लामा नै पहिलो पटक निर्माण भएको उत्त मैदान फुटबल प्रशिक्षणका लागि लक्षित गरी निर्माण गरिएको हो । ‘जिल्लामा अहिले कुनै पनि फुटबल खेलाडीका लागि प्रशिक्षण गराउने गरी मैदान निर्माण नभएका कारण क्लबको अगुवाईमा मैदान तयार गरेको’ अध्यक्ष खत्रीले जानकारी दिनुभयो । ‘अन्तराष्ट्रिय मापदण्डमा निर्माण भएको उत्त मैदानमा दुवै तर्फ ७/७ जना बसेर फुटबल खेल्न सकिने’ अध्यक्ष खत्रीले भन्नुभयो।
मैदानमा अहिले कृत्रिम घाँस बिच्छाउने काम भई रहेको र साता दिन भित्रै खेल खेल्न सकिने समेत क्लबले जनाएको छ । क्लबले मैदानलाई सुरक्षा दिन भनेर वरपर जाली समेत हाली सकेको छ । राती खेल्न भने क्लबले बत्तीको प्रबन्ध गरेको छ ।

कुल ३१ लाख लगानीमा निर्माण सम्पन्न हुन लागेको उत्त मैदानका लागि अहिले सम्म गोरखा नगरपालिका मार्फत १० लाख, प्रदेश साँसद कोष मार्फत ८ लाख र गोरखा नगरपालिका वडा नम्बर ९ को कार्यालयले २ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।
क्लबले धेरै अगाडी देखी उत्त अभियानका लागि ३ लाख रुपैयाँ सर्व साधारण तथा सहयोगीहरुबाट प्राप्त गरेको समेत जानकारी दिएको छ ।
जिल्लाको फुटबल बिकासका लागि तयार पारीएको उत्त मैदानका लागि अपुग ८ लाख भने दाताहरुबाट अपेक्षा गरिएको छ ।

क्लबले मैदान निर्माण संगै सुविधा सम्पन्न शौचालय, बहुउपयोगी भवन, कपडा परिवर्तनका लागी कोठा र पौडी पोखरी निर्माण गर्ने योजना रहेको जानकारी गराएको छ ।मैदानको लम्बाई ४४ मिटल र चौडाई २३ मिटर रहेको छ ।