प्योङयाङ २०, कात्तिक । उत्तर कोरियामा सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध लगाइएको छ । दुई वटा नयाँ कानुन कार्यान्वयनमा ल्याएर उत्तर कोरियाले सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाएको हो । एउटा कानुनले सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न प्रतिवन्ध लगाइएको छ भने अर्को कानुनले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिइएको छ ।
कोरियाली केन्द्रिय समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचारअनुसार दोस्रो कानुनमा व्यवसायीहरुलाई थप जग्गा जमिन, उर्जा र खर्च बचत गर्नुपर्ने उल्लेख गरिएको छ । उत्तर कोरियाको संसदका उच्च सदस्यहरु, सर्वोच्च जनसभालगायतको बैठकले बुधबार दुवै कानुनलाई स्विकृत गरेको जनाइएको छ । एएनआई