गोरखा २०, कात्तिक । संगीतमा कर्म गरिरहेका संगीतकार तथा गीतकार मँगल बिकको नयाँ दोहोरी गीत सार्वजनिक भएको छ । गायक मंगल बिक र चर्चित गायिक जुनु रिजाल काफ्लेको स्वरमा रहेको गीतमा महेन्द्र बिश्वकर्माको शब्द र मंगलकै संगीत रहेको छ ।
मदन थापाको भिडियो निर्देशनमा तयार भएको उत्त गीतको म्युजिक भिडियोमा रामजी खाँण र रिचा थापाले अभिनय गर्नुभएको छ ।यसअघि तनहुँ बन्दिपुर बोलको दोहोरी गीतको बजारमा ल्याएर चर्चा कमाई सक्नुभएका बि.क गायक भन्दा अझ बढी संगीतकारको रुपमा परिचित हुनुहुन्छ ।
ललितकला क्याम्पसमा संगीत बिषयमा स्नातक समेत गर्नुभएका बि.कले आफ्नो आवाजमा भने थोरै मात्र गीत रेकर्ड गराउनु भएको छ । नेपाली सुगम संगीतमा चन्द्र सुर्य , मत रोए रोए , गल्ति धेरै भए होलान, म तिमीलाई माया गर्छु , टक्रा टुक्रा मुटु , उडाई लगेउ सपना, जाँउ जाउ जस्ता थुप्रै गीतमा संगीत भरीसक्नु भएको छ ।
https://youtu.be/Mgq32D2cszQ?t=9