Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री ओली माथि स्विस बैंकमा रकम जम्मा गरेको भारतीय बिश्लेषकको गम्भीर आरोप


1.3K
Shares

प्रधानमन्त्री ओली माथि स्विस बैंकमा रकम जम्मा गरेको  भारतीय बिश्लेषकको गम्भीर आरोप

काठमाण्डौ २०, कात्तिक । भारतीय भारतीय परराष्ट्रविद तथा राजनीतिक विश्लेषक गौरव प्रधानले प्रधानमन्त्री केपीशर्मा ओली माथि स्विस बैंकमा अनाधिकृत पैसा जम्मा गरेको गम्भीर आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्विट मार्फत नेपालका प्रधानमन्त्री ओली माथि यस्तो गम्भीर आरोप लगाएका हुन् । ट्विटमा लेखिएको छ, ‘स्वीस बैंकमा ओलीको अनाधिकृत पैसा छ ।’

गौरवको ट्विटमा नेपाल भ्रमणका क्रममा भारतको गुप्तचर संस्था ‘रअ’ प्रमुखले स्विस बैंकको खातामा रकम जम्मा गरेको यसबारेमा प्रमाण पेश गरेपछि प्रधानमन्त्री ओली निरुत्तर रहेको प्रधानले ट्वीटरमा उल्लेख गरेका छन्।उनले आफनो ट्विटमा प्रधानमन्त्री ओलीको बैंक खातामा पाकिस्तानले पैसा राखिदिने गरेको गम्भीर आरोप समेत प्रधानले लगाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रधानले गत अक्टुबर २३ मा यस्तो ट्वीट गरेका हुन्।

यस प्रकारको संगीन आरोप सहितको ट्वीट गरेको दुई साता पुग्न लाग्दा पनि नेपाल सरकार र प्रधानमन्त्री ओलीको सचिवालयले भने अहिलेसम्म कुनै खण्डन वा प्रतिक्रिया जनाएको छैन । गौरव प्रधानको लिंकड इन खाता अनुसार उनी तथ्यांक वैज्ञानिक हुन्। समय समयमा विभिन्न टेलिभिजन वहसमा उनले राजनीतिक विश्लेषकका रुपमा सहभागीता जनाउने गरेका छन्। उनी भारतको सत्तारुढ दल भाजपा निकट छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology