Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

रोडर दुर्घटनामा गोरखाका भट्ट गम्भीर घाइते


2.6K
Shares

रोडर दुर्घटनामा गोरखाका भट्ट गम्भीर घाइते

गोरखा २०, कात्तिक । तनहुँको बरादीमा भएको सवारी दुरर्घटनामा परी गोरखा सौरपानीका नृपेस भट्ट घाईते हुनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका- १ को बरादी हिलेखर्कको भित्री सडक खण्डमा रोडर पल्टीदा भट्ट घाईते हुनुभएको आँबुखैरेनी प्रहरीले पुष्टी गरेको छ ।

हिलेखर्कको भित्री सडक खण्डको डुम्रेडाडाँ भन्ने स्थानमा सडक कालोपत्रे गर्ने क्रममा चालक भट्टले चलाएको रोडर अचानक १५ मिटर तल खस्दा उहाँ घाईते हुनुभएको थियो ।

घाइते भट्टको अबस्था खतरमुक्त रहेको प्रहरीले जनाएको छ । उहाँलाई आजै थप उपचारका लागि शिक्षण अस्पताल काठमाण्डौं पठाईएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology