गोरखा २०, कात्तिक । गोरखा जिल्लामा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टी भएकोे छ । जिल्लाको गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकामा संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले दिउसो १:३० बजे जारी गरेको पाँचौ प्रेस बिज्ञप्तिमा गोरखा नगरपालिका वडा नम्बर ९ का २८ बर्षका एक पुरुष, शहिद लखनका गाउँपालिका वडा नम्बर ३ का ३७ बर्षका एक पुरुष, र पालुङटार नगरपालिका वडा नम्बर ७ का ३० बर्षका एक पुरुष र वडा नम्बर ८ का ४७ बर्षका एक पुरुषमा संक्रमण पुष्टी भएको उल्लेख छ ।
सवैको चितवन मेडिकल कलेज चितवनको चितवन फिभर क्लिनिकबाट संक्रमणको पहिचान भएको निर्देशनालयले बिज्ञप्ती मार्फत जनाएको छ ।