Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

जितको नजिक पुगेको बाइडनले थाले ह्वाइट हाउस जाने तयारी


2.1K
Shares

जितको नजिक पुगेको बाइडनले थाले ह्वाइट हाउस जाने तयारी

काठमाडौं २०, कात्तिक । अमेरिकी राष्ट्रपति पदका चुनावमा मतगणना जारी रहेको बेला जितको नजिक पुग्नुभएका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले जितको ह्वाइट हाउन जाने तयारी थाल्नु भएको छ । बाइडनले जितको औपचारिक घोषणा नहुँदै राष्ट्रपति कार्यालय ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु बिबिसीले जनाएको छ ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, त्यही उम्मेदवारले ह्वाइट हाउस जाने तयारी गर्नुभन्दा पहिला आफ्नो एक ट्रान्जिसन टिम ९संक्रमणकालीन टिमगठन गर्छन् । त्यही परम्परा अनुसार  बाइडनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गर्नुभएपछि उहाँले ह्वाइट हाउस जाने तयारी थाल्नु भएको अनुमान गरिएको हो ।

अहिलेसम्म अमेरिकामा राष्ट्रपतीय निर्वाचनको विजेताको घोषणा भएको छैन । तर, राष्ट्रपतिका दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले आफूले जितेको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology