Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अब भगिनी सम्बन्ध स्थापना गर्दा स्थनीय तहहरुले अनिवार्य स्वीकृति लिनुपर्ने


2.9K
Shares

अब भगिनी सम्बन्ध स्थापना गर्दा स्थनीय तहहरुले अनिवार्य स्वीकृति लिनुपर्ने

काठमाण्डौ २०, कात्तिक । सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई भगिनी सम्बन्ध स्थापना गर्दा अनिवार्य पूर्व स्वीकृति लिन निर्देशन दिएको छ । कतिपय स्थानीय तहले नेपाल सरकारको पूर्व स्वीकृति बिना नै भगिनी सम्बन्ध स्थापना सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्ने र नेपाल सरकारबाट स्वीकृति भएको भन्दा फरक सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरेको पाइएकोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

अहिले तत्काल भगिनी सम्बन्ध स्थापना सम्बन्धी बिशेष कानुनी व्यवस्था नभएकाले यस्तो निर्देशन दिइएको मन्त्रालका विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेलले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिइ विदेशमा कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology