गोरखा १९, कात्तिक । नेपाली काग्रेस गोरखाले पार्टीका आमन्त्रित केन्द्रिय सदस्य एवम प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर के.सीको असामहिक निधन प्रति गहिरो शोक व्यक्त गरेको छ ।
पार्टीका जिल्ला सभापति हरिबहादुर घलेले आज एक शोक वक्तव्य जारी गर्नुहुदै के.सीको निधनले पार्टीले एउटा होनाहार नेतृत्व गुमाएको भन्दै त्यसले काग्रेसलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । शोक वक्तव्यमा भनिएको छ ।‘ नेपाली काग्रेस जिल्ला कार्यसमिति गोरखा उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ ।’
वक्तव्यमा पार्टी संगठनमा स्वर्गिय के.सीले पु¥याउनुभएको संक्रिय भूमिकाको साथै नेपाली काग्रेस गोरखाको भवन निर्माण कार्यमा समेत उल्लेखनयि सहयोग पु¥याउनु भएको स्मरण सहित भावपूर्ण श्रदान्जली अर्पण गरिएको जनाएको छ । साथै काग्रेस गोरखाले शोकसन्तव्द परिवारजनमा समबेदना समेत प्रकट गरिएको छ ।