Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पूर्वसभामुख महराकी पत्नी सिताको निधन प्रति नेकपा अध्यक्ष प्रचण्डद्धारा गहिरो शोक व्यक्त (वक्तव्य पढ्नुहोस्)


11.2K
Shares

पूर्वसभामुख महराकी पत्नी सिताको निधन प्रति नेकपा अध्यक्ष प्रचण्डद्धारा गहिरो शोक व्यक्त (वक्तव्य पढ्नुहोस्)

काठमाण्डौ १९, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले पार्टी नेता, पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी जीवनसंगीनी सिता महराको निधन प्रति गहिरो शोक व्यक्त गरेको छ । पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज एक शोक वक्तव्य जारी गर्नुहुदै महराको असामयिक निधनले मर्माहत मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डद्धारा जारी शोक वक्तव्यमा असल, सरल, मृदुभाषी, र जनताका बीच चाँडै नै घुलमिल गर्न सक्ने क्षमताकी धनी कमरेड सीता तत्कालीन (ने.क.पा) माओवादीद्वारा सञ्चालिन १० वर्षे महान् जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गर्नुभएको उल्लेख छ । अध्यक्ष प्रचण्डले बक्तव्यमा दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

उहाँको नर्भिक हस्पिटलमा आज बिहान ६: २५ बजे निधन भएको हो । दिवंगत कमरेड सीता महरा विगत लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित हुनुहुन्थ्यो ।पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला कमरेड सीतालाई स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते उहाँलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology