Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गाईभैँसी सुत्केरी भए अब किसानलाई तीन हजार भत्ता


2.1K
Shares

गाईभैँसी सुत्केरी भए अब किसानलाई तीन हजार भत्ता

कात्तिक १९ । नुवाकोटको ककनी गाउँपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गर्न यो वर्ष पनि गाईभैसीलाई सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम सञ्चालनमा ल्याएको छ । गएको आर्थिक वर्षदेखि सञ्चानलमा ल्याइएको ‘गाईभैसीँ सुत्केरी भत्ता कार्यक्रम’ लोकप्रिय रहेको र यसैको कारण व्यवासायिक पशुपालन तर्फ किसानहरू आकर्षित भएको भन्दै पालिकाले चालु आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई नितरन्तरता दिएको गाउँपालिकाको उपाध्यक्ष सिता खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक किसानले पालेका जतिवटा गाईभैँसी सुत्केरी भएपनि एक वटाको लागि मात्र सुविधा उपलब्ध गराउने कार्यविधि छ । कार्यविधि अनुसार साउनदेखि आगामी असार मसान्तसम्म गाईभँैसी सुत्केरी भएमा रकम दाबी गर्न किसानले निवेदनको साथमा वडा कार्यालयको सिफारिस र सुत्केरी पशुको माउबच्चाको फोटो समावेश गर्नुपर्ने छ ।

गाईभैँसी सुत्केरी भत्ता अन्तरगत गत आर्थिक वर्षमा ६ लाख रुपैयाँ बजेट तर्जुमा गरेको गाउँपालिकाले चालु आवमा बजेट बक्तव्यमार्फत १० लाख बिनियोजन गरेको छ । उक्त बजेट अपुग भएमा पुरक बजेट मार्फत् थप बजेट उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology