गोरखा १९, कार्तिक । गोरखा सदरमुकाममा रहेको मालपोत कार्यालय बन्द गरिएको छ । कार्यालयमा कार्यरत १ जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि आज (बुधबार) देखी बन्द गरिएको हो । दैनिक कार्यालयमा आउने उत्त कर्मचारीबाट अन्य कर्मचारी र सेवा ग्राहीमा पनि संक्रमण फैलिन सक्ने भन्दै तत्कालकालागी पूर्ण रुपमा बन्द गरिएको कार्यालयले जनाएको छ ।
कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीहरुको स्वाब परिक्षण नआउदा सम्म कार्यालय बन्द रहने छ ।