Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मनकामना स्वास्थ्य चौकी निर्माण गर्न स्थानीयले दिए जमिन


4K
Shares

मनकामना स्वास्थ्य चौकी निर्माण गर्न स्थानीयले दिए जमिन

गोरखा १८, कात्तिक । जिल्लाको मनकामनामा बन्न लागेको स्वास्थ्य चौकीको लागि स्थायिनले ५ रोपनी जमिन निशुल्क रुपमा उपलब्ध गराएका छन् । स्थानियले ४ जना जग्गादाताले स्वास्थ्य चौकीका लागि ५ रोपनी जमिन निशुल्क उपलब्ध गराएको शहिद लखन गाउँपालिकाको कार्यालयले जनाएको हो ।

शहिद लखन गाउँपालिका ३ को सिलिङ (लामाछाप) मा रहेको स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानिय मैया श्रेष्ठ, दिर्घमान श्रेष्ठ, ईश्वरकुमार श्रेष्ठ र तिलमान श्रेष्ठले ५ रोपनी जमिन निशुल्क रुपमा उपलब्ध गराएका गाउँपालिकाका प्रशासकिय अधिकृत जिवन आलेले जानकारी दिनुभयो ।

कच्ची सडकले छोएको उत्त जमिनको अहिलेको मुल्य २५ लाख भन्दा माथि रहेको स्थानिय कृष्णमान श्रेष्ठले बताउनुभयो ।
पुनःनिर्माण प्राधिकरण मार्फत निर्माण हुन लागेको स्वास्थ्य चौकीका लागि बजेट बिनियोजन भई सकेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology