गोरखा १६, कात्तिक । गोरखा नगरपालिकामा थप २ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाको वडा नम्बर १४ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ ।
निर्देशनालयका अनुसार बर्ष ३४ र ३० बर्षका दुई जनामा संक्रमण पुष्टी भएको जनाएको हो । उहाँहरुको पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा कोरोना परीक्षण भएको थियो । दुवै जना कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि कोरोना परीक्षणका लागि स्वांब संकलन गरि पोखरा पठाइएको थियो ।