Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओभरटेक गर्न खोज्दा भएको मोटरसाईकल दुर्घटनामा छोराको मृत्यु, बाबु गम्भीर घाइते


2.7K
Shares

ओभरटेक गर्न खोज्दा भएको मोटरसाईकल दुर्घटनामा छोराको मृत्यु, बाबु गम्भीर घाइते

कात्तिक १६ । मोटरसाईकल ओभरटेक गर्न खोज्दा भएको दुर्घटनामा परी चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकमा ग्याँस बुलेटमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल पछाडी बसेका राप्ती नगरपालिका ५ बस्ने २४ वर्षिय मनोज सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । मोटरसाइकल चालक ४८ बर्षिय खडक बहादुर सुनार घाइते भएका छन । मृत्यु हुने छोरा र घाइते हुने बाबु रहेको प्रहरीले जनाएको छ ।

पुर्वपश्चिम लोकमार्गमा टाँडी बाट भरतपुर तर्फ आउदै गरेको नम्बरको ग्यास बुलेटमा सोही दिशाबाट आउँदै गरेको ना ४२ प ९७१५ नम्बरको मोटरसाइकलले ओभर टेक गर्ने क्रममा ग्यास बुलेटको बिच भागमा ठोकीन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology