Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोभिड १९ भोलेन्टियर सर्भिसले सार्वजनिक गर्यो कोरोना बिरुद्धको सचेतनामूलक गीत (भिडियो सहित)


7.6K
Shares

कोभिड १९ भोलेन्टियर सर्भिसले सार्वजनिक गर्यो कोरोना बिरुद्धको सचेतनामूलक गीत  (भिडियो सहित)

गोरखा १६, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले गठन गरेको कोभिड १९ भोलेन्टियर सर्भिसले कोरोना बिरुद्धको सचेतनामूलक गीतको म्युजिक भिडियो सार्बजनिक गरेको छ । गोरखा काठमाडौँ जनसांस्कृतिक मन्चको सहकार्यमा तयार पारिएको म्युजिक भिडियो युट्युव च्यालन मार्फत सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियो कोरोनाबाट बच्ने उपाय, कोरोना र न्युनिकरणका लागि व्यक्तिले नागरिक आफैले खोल्नुपर्ने भूमिका, लगायतका बिषय समेटिएको छ । ‘कोरोनाको डर छ’ शिर्षक रहेको जनचेतना मुलक गीत गोरखा काठमाडौँ जनसाँस्कृति मन्चको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।किरण पन्तको परिकल्पनामा तयार भएको गीतको शब्द सुमन पण्डितको रहेको छ भने संगीत दिपसागर थापा मगरको रहेको छ।

उक्त जनचेतनामूलक गीतमा गोर्खाली कलाकारहरु दिपसगर थापा , सुमन पण्डित ,रञ्‍जित परियार , कविराज ढकाल ,सागर गुरुङ ,सरु थापा ,रेजिना परियार ,सुमन परियार , शिशिर गुरुङ , सुलिन गुरुङ , सरिता गुरुङ लगायतले स्वर दिनुभएको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा रहेको गीतमा रञ्‍जिता गुरुङ , मरिचमान श्रेष्ठ (बल्छीधुर्बे), राजु मास्टर , अनिता बस्नेत ,सारदा गिरि ,उद्धब गुरुङ लगायतको अभिनय रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology