Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आईपीएलमा मुम्बई इण्डियन्सद्धारा दिल्ली क्यापिटलमाथि शानदार जित


4.5K
Shares

आईपीएलमा मुम्बई इण्डियन्सद्धारा दिल्ली क्यापिटलमाथि शानदार जित

काठमाण्डौ १५,कात्तिक । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित हात पारेको छ । आईपीएल १३ मा मुम्बईको यो नवौं जित हो भने दिल्लीको छैटौं हार हो। बलिङमा उम्दा प्रर्दशन गर्दै दिल्लीलाई ११० रनमा समेटेको मुम्बईले ब्याटिङमा पजि शानदार खेल देखायो ।

१५औं ओभरमा मात्र एक विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि इशान किशनले नटआउट ७२ रन बनाए । उनले क्विन्टन डिककसँग मिलेर राम्रो सुरुवात गरेका थिए । पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेर डिकक व्यक्तिगत २६ रनमा आउट भए । तर इशानको शानदार प्रदर्शन कायमै रहृयो ।

३७ बलमा अर्धशतक पुरा गरेका उनले १५औं ओभरको दोस्रो बलमा छक्का हानेर मुम्बईलाई जित दिलाए ।यसअघि जसप्रित बुमराह र ट्रेन्ट बोल्डको बलिङमा मुम्बई, दिल्लीमाथि हावी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology