Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जुवा खेलिरहेको अवस्थामा तीनजना जुवाडे् पक्राउ


3.4K
Shares

जुवा खेलिरहेको अवस्थामा तीनजना जुवाडे् पक्राउ

महोत्तरी १५, कात्तिक । महोत्तरीबाट जुवा खेलिरहेको अवस्थामा तीनजना जुवाडे् पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवा नगरपालिका ७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साह रहेका छन् ।

आज बिहान करीब ४ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित महोत्तरीको मनरासिसवा नगरपालिका ६ बाँसघारीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

कौडा खेलिरहेका अन्य दुईजना भने फरार भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology