गोरखा १५, कात्तिक । गोरखा जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण खनालले गोरखा नगरपालिका वडा नम्बर ८ का २ जना र आँबुखैरेनी ठेगाना उल्लेख गरिएका १ जनामा संक्रमणको पुष्टी भएको जानकारी दिनुभयो । संक्रमण पुष्टी भएका २ जना पत्रकार रहेको उहाँले बताउनुभयो ।
आबँु खैरेनी ठेगाना भएका भनिएका व्यक्ति गोरखा अस्पतालमा उपचारका लागि आएको र अस्पतालबाट स्वांब लिएर लिएर परीक्षणका लागि पोखरा पठाइएको थियो ।
संक्रमण पुष्टी भएका अर्का २ पत्रकारले पनि सामाजिक सञ्जाल मार्फत आफुहरुलाई कोरोना संक्रमण भएको जानकारी दिदै सम्र्पकमा रहेकाहरुलाई थप सर्तक रहन अपिल गरेका छन् । उहाँहरु सवैको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वांब परीक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।