Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

टर्की र ग्रीसमा भूकम्पः २२ जनाको मृत्यु


2.5K
Shares

टर्की र ग्रीसमा भूकम्पः २२ जनाको मृत्यु

टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण सो क्षेत्रका घरहरु भत्किएका छन् । अहिलेसम्म कम्तीमा २२ जनाको शव भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ ।

टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ । भूकम्पका कारण टर्कीमा २० तथा ग्रीसमा दुईजनाको मृत्यु भएको पुष्टि भएको हो । भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको जोखिम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology