धादिङ १४, कत्तिक । पृथ्वीराजमार्ग अन्तरगत पर्ने धादिङको सलाङघाटमा जीप दुर्घटना हुदा ५ जना घाइते भएका छन् । बुटवलबाट काठमाण्डौ आउँदै गरेको जीप बा १२ च ४४१० नम्बरको दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिनुभयो ।
जीप सडकबाट खोल्सामा खसेको उहाँको भनाई छ । दुर्घटनामा घाइते भएका सवैको उद्धार गरि उपचारका लागि मलेखु अस्पतालमा पठाइएको छ । घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।