गोरखा १४, कात्तिक । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ बोर्लाङमा रहेको दुई वटा टोल सुधार समितिलाई स्टेचर प्रदान गरिएको छ । स्थानीय पिपलटार बिकास समितिले वडा नम्बर ७ मा रहेको पिपलटार टोल सुधार समिती र वडा नं ८ मा रहेको भुमेस्थान टोल सुधार समितिलाई १/१ थान स्टेचर उपलब्ध गराएको समितिका संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
वडा भित्र सडकको पहुँच नपुगेका स्थानमा मात्र होइन सडकको पहुच पुगेको ठाउँमा पनि बर्खा लागेपछि बिरामी भैहालेमा स्वस्थ्य केन्द्रसम्म पु¥याउन अझै स्टेचरको नै भर पर्नुपर्ने बाध्यता रहेकाले आकस्मिक अबस्थामा सजिलो होस् भनेर समितिले स्टेचर उपलब्ध गराएको उहाँले बताउनुभयो । समितिले पिपलटार टोल सुधार समितिका अध्यक्ष भोज ब थापा र भुमेस्थान टोल सुधार समितिका अध्यक्ष सुर्य ब श्रेष्ठलाई एक कार्यक्रमका बिच स्टेचर हस्तान्तरण गरेको हो ।
स्थानीय समाजसेवीहरुले आर्थिक संकलन गरि दुवै टोल सुधार समितिका लागि स्टेचर खरिद गरेको श्रेष्ठको भनाई छ । । उनका अनुसार बोर्लाङ पिपलटार बिकास समितिले यस अघि टोलका सबै घरमा प्रति घर १÷१ थान सेनिटाइजर र परीवार सदस्य संख्या बराबर मास्क समेत वितरण गरेको छ । साथै स्थानिय हेल्थपोष्टलाई थर्मन गन समेत वितरण गरेको संयोजक श्रेष्ठले बताउनुभयो ।
सामाजिक कार्यमा युवाहरुको संलग्नता बढाएर गाउँ, टोलको विकासका लागी बोर्लाङ पिपल्टार बिकास समितिका युवाहरु सक्रिय भएर लागी परेको उहाँको भनाई छ ।