Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

१० दिन नाध्यो प्रचण्ड र केपी शर्मा ओली नवोलेको


2.4K
Shares

१० दिन नाध्यो प्रचण्ड र केपी शर्मा ओली नवोलेको

काठमाण्डौ १४, कात्तिक । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बोलचाल बन्दको स्थिति भएको १० दिन नाघेको छ । उहाँहरूबीच पछिल्लो सँवाद कात्तिक ४ गते राती फोनमा भएको थियो । त्यसदिनको फोनवार्ता एकाएक चर्काचर्कीमा परिणत भएपछि आजसम्म भेटघाट त धेरै टाढाको विषय फोन वार्तासमेत छैन ।अध्यक्षहरूबीच नै सँवाद बन्द भएपछि केही पदाधिकारी र तथा नेताहरू सहजकर्ताको भूमिकामा फेरि परिचालित भएका छन् ।

यसबीच प्रधानमन्त्रीले नेकपा केन्द्रीय कमिटीको बैठक चार महिनापछि बोलाउन निर्देशन दिनुभएको छ । यसअघि भदौ २६ गते बसेको स्थायी समितिको पछिल्लो बैठकले केन्द्रीय कमिटीको बैठक यहि कात्तिक १५ गतदेखि १७ गतेसम्मको लागि तय गरेको थियो । बैठकको आगामी मिति र पार्टी गतिबिधिसँग सम्बन्धित विषय सोधनीको लागि महासचिव विष्णु पौडेल तीनपटक खुमलटार पुग्नु भएको छ भने संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग र लुम्बिनी ९पाँच नम्बर० प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले एकपटक प्रत्यक्ष भेटेर र फोनबाट पहल गर्नुभएको स्रोतको दाबी छ ।

बालुवाटारको सन्देश लिएर गएका कमरेडहरूले खुमलटारमा मूलतः दुई जना अध्यक्षबीच भेटवार्ताको पहल गर्न विशेष अनुरोध गरेको बताइन्छ । उहाँहरूले अध्यक्ष प्रचण्डलाई भेटेर ‘हामीलाई विश्वास गर्नुपर्यो । माधव समूहले तपाईंहरूलाई धोका दिन बेर लाउँदैनन् । त्यस्तो अवस्थामा सबैभन्दा धेरै घाटा तपाईंहरूलाई नै हुन्छ । त्यसैले अध्यक्षद्वय मिल्नुको विकल्प छैन । त्यसैगरी तपाईंहरूबीच भेट गर्नुको पनि विकल्प छैन ।’भनेको
श्रोत बताउँछ ।
तर,प्रत्युत्तरमा अध्यक्ष दाहालले ‘भेट्नुको कुनै अर्थ नरहेको सन्देश सुनाइदिन आग्रह गर्दै उहाँलाई जे जे गर्न मन लाग्छ गरे हुन्छ भनिदिनुस्’ भन्नुभएको थियो । उहाँको भनाइ थियो(‘कम्युनिष्ट पार्टीभित्र अन्तरबिरोधको समाधान विधि र प्रक्रियाबमोजिम बैठकबाटै गर्ने हो । तर,ती सबै कुरालाई ओठे जवाफ दिए सरह स्वीकार गरेको देखाउने,लगत्तै पुरानै प्रवृत्ति दोहोर्याउने भएपछि भेट,छलफल र सहमतिको कुनै तुक रहँदैन ।’

‘विगतका धेरैवटा सहमति कार्यान्वयन गर्नु,आफूबाट भए गरेका गल्ती स्वीकार्नु,भारतीय खुफिया एजेन्सी ‘र’ सँग त्यसरी गोप्य तवरले मध्यरातमा भेट्नु पनि गल्ती थियो भनेर स्वीकार गर्नुपर्छ’ भन्दै प्रचण्डले अब ‘र’ को विषय पार्टीको मात्र रहेन । उक्त विषय जनता र राष्ट्रको समेत भएकाले यी कुरामा गल्ती गरियो भनेर स्वीकार्नुहुन्छ भने ठीकै छ । होइन,स्वीकार गर्नुहुन्न भने मैले पनि भेट्नुको औचित्य देख्दिँन । अरु कुरा गर्ने हो भने गरे भइहाल्यो कसले छेकेको छ र १ उहाँलाई जे मन लाग्छ त्यो गरे हुन्छ,कसैले छेकेको छैन ।’उहाँको थप भनाइ थियो ।

एकातिर बैठक जति पर सार्यो त्यति फाइदा हुने र अर्कोतर्फ महाधिवेशन पनि स्वतः पछाडि धकेलिने भएपछि बालुवाटार उक्त प्रपञ्चमा लाग्नु स्वाभाविक नै हो । अब कम्तिमा माघ १५ सम्म काठमाडौंको ठण्डी र कोरोनाको बहानामा फेरि केन्द्रीय कमिटीको बैठक सर्ने पक्का रहेको बताइन्छ ।जनआस्था डटकमबाट साभार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology