गोरखा १४, कात्तिक । गोरखाको पालुङटार नगरपालिकामा आज थप २ जना कोरोना संक्रमित थपिएको छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज १ बजे जारी गरेको प्रेस बिज्ञप्तीमा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर २ र ८ मा थप १ महिला र एक पुरुषमा संक्रमण भएको पुष्टी गरेको हो ।
संक्रमित हुनेहरुमा वडा नम्बर २ की २५ बर्षकी महिला र वडा नम्बर ८ की ७३ बर्षका पुरुष रहेका छन् । उहाँहरु दुवैको चितवनको फिभर क्लिनिकबाट संक्रमणको पहिचान भएको निर्देशनालयले जनाएको हो । यो संगै गोरखा जिल्लामा आज अहिलेसम्ममा ४ जना संक्रमित थपिएका छन् ।