Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आईपीएल क्रिकेटमा कोलकोत्तामाथि चेन्नईको जित


3.9K
Shares

आईपीएल क्रिकेटमा कोलकोत्तामाथि चेन्नईको जित

एजेन्सी १४, कात्तिक । साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकोत्ता नाइट राइडर्सलाई पराजित गरेको छ ।

दुबईमा गयराति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय ७२ रन बनाएको थियो ।

१ सय ७३ रनको लक्ष्य पाएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर जित हात पारेको थियो । तालिकाको पुछारमा रहेको चेन्नईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ । जित हात पारेपनि चेन्नई प्रतियोगिताबाट बाहिरिसकेको छ ।फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology