Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

चर्कोे दबाब पछि मुकेश चौरसिया हत्याको जाहेरी दर्ता


1.4K
Shares

चर्कोे दबाब पछि मुकेश चौरसिया हत्याको जाहेरी दर्ता

पर्सा १३, कात्तिक । मुकेश चौरसिया हत्याको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्साले लिन नमानेपछि पीडित पक्षले हिजो सरकारी वकिल कार्यालय मार्फत कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका छन् ।

गत बिहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार वीरगन्जमा मृत्यु भएको थियो । घटनाको ७ दिन बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित पक्ष आज निवेदन सहित जाहेरी लिएर सरकारी वकिल कार्यालय पुगेको थियो ।

सरकारी वकिल कार्यालयका प्रमुख रुद्रप्रसाद पन्थीले निवेदन दर्ता गरी आवश्यक कारबाहीका लागि जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology