काठमाण्डौ १३, कात्तिक । पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमितको संख्या १ लाख ६४ हजार ७ १८ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ कोरोना सङ्क्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिएको जानकारी अनुसार सङ्क्रमितमा ७०४ महिला र ९११ पुरुष रहेका छन् । काठमाडौंमा १ हजार ३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना नयाँ सङ्क्रमित थपिएका हुन् । त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।
देशभरी सक्रिय सङ्क्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेको छ ।