कात्तिक १३, बाँके । जुवाको खालबाट २९ लाख रुपैया भन्दा बढी रकम सहित १० जनालाई गएराती प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कमाराती बसपार्कस्थित कृष्णप्रसाद वलीको घरमा छापा मारेर प्रहरीले जुवाडे सहित ठूलो रकम समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
वलीको घरमा जुवा तास खेलिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली खानतलासी गर्दा उनि पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ बस्ने सन्तोष थापा, मेघनाथ कुचबन्दिया, नवीन घिमिरे, टोप बहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्ण बहादुर सुवेदी र रहमान मिया रहेका छन्।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले २९ लाख ४८ हजार रुपैयाँ समेत बरामद गरेको छ। उनीहरू विरुद्ध जुवा ऐन अनुसार म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।