गोरखा १३, कात्तिक । गोरखाको भीमसेन थापा गाउँपालिकामा कार्यालय बन्द गरिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपछि गाउँपालिकाले अत्यावश्यक बाहेका सवै सेवा बन्द गरेको गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत भेषराज खनालले जानकारी दिनुभयो ।
कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि थप संक्रमणको जोखिमलाई न्युनिकरण गर्न केही समयका लागि कार्यालयबाट प्रदान गरिदै आएका सेवा बन्द गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँपालिका कार्यालयमा कात्तिक २ गतेदेखि ६ गतेसम्म प्रत्यक्ष सम्र्पकमा पुगेका नागरिकहरुलाई बिशेष सावधानी अपनाउन समेत अपिल गरिएको छ ।
गाउँपालिकाले अर्को सूचना जारी गरेपछि मात्र गाउँपालिकाले सेवा नियमित गर्ने जनाएको छ । संक्रमितको संम्र्पकमा रहेकाहरुको पहिचान गरि रिर्पोट प्राप्त नहुदासम्म कार्यालय बन्द हुने जनाइएको छ ।