Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा आज एकैदिन थप २७ जनामा कोरोना संक्रमण ( कुन स्थानीय तहमा कति हेर्नुहोस)


4.1K
Shares

गोरखामा आज एकैदिन थप २७ जनामा कोरोना संक्रमण ( कुन स्थानीय तहमा कति हेर्नुहोस)

गोरखा १३, कात्तिक । गोरखा जिल्लामा आज १ बजेसम्ममा थप २७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले बिहिबार जारी गरेको पहिलो बिज्ञप्तीमा २५ जना र तेस्रो बिज्ञप्तीमा गोरखामा थप २ जना गरि २७ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । निदेशनालयका निर्देशक डा बिनोदबिन्दु शर्माले जारी गर्नुभएको पहिलो बिज्ञप्तीमा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ५ मा बर्ष ४०, २३, २४, ३९, ३९ र २७ बर्षका ५ पूरुष, वडा नम्बर ४ का बर्ष ४० का १ जना पुरुष गरि कुल ६ जनामा संक्रमणको पुष्टी भएको छ ।

त्यस्तै जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ३ मा ४५ बर्षका १ जना पुरुष, वडा नम्बर १ का २९ बर्षका १ जना, वडा नम्बर ५ का १९ र ४१ बर्षका २ जना पुरुष, १८ र २२ बर्षकी २ महिला, वडा नम्बर २ का बर्ष २० का १ जना परुष गरि कुल ७ जनामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

यता जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १३ का ३८ बर्षका एक पुरुष, वडा नम्बर १२ का २१ र २२ बर्षका दुई महिला, तथा २७ बर्षका एक पुरुष, वडा नम्बर १० का ३८ बर्षका महिला तथा १६ बर्षका १ पुरुष, वडा नम्बर ६ का ८० र ४० बर्षका २ महिला तथा ३४ बर्षका १ जना पुरुष, वडा नम्बर ८ का ४० बर्षका १ जना पुरुष, वडा नम्बर १ का ३८ बर्षका एक पुरुक्ष्ष तथा बवडा नम्बर ६ का २२ बर्षका एक पुरुषमा पनि कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

गोरखा नगरपालिका भित्र संक्रमण पुष्टी भएका सवै १२ जनाको यही कात्तिक ५ गते कन्ट्रयाक्ट ट्रेसिङमा परि स्वांब संकलन गरि परीक्षणका लागि पठाएका ५७ जना मध्येका रहेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले जानकारी दिनुभयो । सोही दिन स्वांब दिएका ४५ जनाको अझै रिर्पोट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

संक्रमण पुष्टी भएका सवैको क्षयरोग उपचार केन्द्र पोखरामा स्वांब परीक्षणका क्रममा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले आज जारी गरेको तेस्रो बिज्ञप्तीमा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ९ का ४२ बर्ष र १७ बर्षका दुई पुरुषमा पनि कोरोना संक्रमणको पुष्टी भएको छ । उहाँहरुको चितवन स्थित भरतपुर अस्पतालको फिभर क्लिनिकबाट संक्रमणको पुष्टी भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology