काठमाण्डौ १३, कात्तिक । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग मध्यरातसम्म बालुवाटारमा पार्टीलाई कुनै सुइको समेत नदिई भेट गरेपछि प्रधानमन्त्री समेत रहनु भएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसंग अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव कुमार नेपाल पक्ष रिसाएका छन् ।
सरकार भित्र मात्र नभएर पार्टी भित्र पनि मनोमानी ढंगले काम गर्दै आउनु भएका ओलीसंग जसोतसो बिबाद थामथुम पार्दै आएका प्रचण्ड र माधब नेपाल पक्ष पछिल्लो घटनाले झनै रुष्ट बनेका छन् । प्रधानमन्त्रीको कार्यशैली प्रति असन्तुष्ट नेताहरुले फरि पार्टीको बैठकमा राजीनामाको विषयलाई फेरि व्यूँताउने तयारी गरेको छ ।
‘रअ’ का प्रमुखसंगको भेटमा पार्टीमा कुनै पनि समन्वय नगरेको भन्दै असन्तुष्ट पक्षले तत्काल बैठक बोलाउन माग गरेका छन् ।यद्यपी उपप्रधान मन्त्री इश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रूपमा रअ प्रमुख गोयल नेपाल आएको टिप्पणी गर्नुभएको थियो ।
त्यसो भएको भए पनि प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा विपरित गोलसँग भेट गरेको नेकपाको असन्तुष्ट पक्षको बुझाइ छ ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठकको निर्णय उल्लङ्घन गरेका कारण आगामी बैठकमा यसबारेमा गम्भीर छलफल गरिने नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको सचिवालयले भने गोयलसँग बालुवाटारमा शिष्टाचार भेट भएको यसअघि बताएको थियो । ने