Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज थप ११ जनामा कोरोना संक्रमणको पुष्टी


2.8K
Shares

गोरखामा आज थप ११ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा १२, कात्तिक । गोरखा जिल्लाका बिभिन्न स्थानीयतहरुमा आज थप ११ जना कोरोना पुष्टी भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लाको पालुङटार नगरपालिकाका वडा नम्बर ४ र ५ जना बर्ष २९ र बर्ष ४७ का २ जना पुरुष, भीमसेन थापा गाउँपालिकामा बर्ष २६, ३० र ३९ का ३ जना पुरुष तथा बर्ष १९ की एक महिला गरि ४ जनामा संक्रमणको पुष्टी भएको हो ।

भीमसेन थापा गाउँपालिका–४ धावाका ३९ बर्षका पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना देखिएको हो । आरुघाट गाउँपालिकामा बर्ष ४३, १९, र ३६ का गरि ३ जना पुरुषमा कोरोना संक्रमित पुष्टी भएको हो ।

त्यस्तै गोरखा नगरपालिकाका आज थप २ जनामा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । उनिहरुको पनि गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा कोरोना परीक्षणका संक्रमणको पुष्टी भएको हो । गोरखा नगरपालिकामा ३६ बर्ष र ४४ बर्षका दुई पुरुषमा संक्रमण भेटिएको

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology