Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आउदै : २४ घण्टामा ५ सय ७० जनामात्र संक्रमित


2.7K
Shares

नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आउदै : २४ घण्टामा ५ सय ७० जनामात्र संक्रमित

काठमाण्डौं ११, कात्तिक । नेपालमा कोरोना संक्रमितको संख्यामा पछिल्लो समय कमी आउन थालेको छ । पछिल्लो २४ घन्टामा देशभर कुल ५ सय ७० जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो वेबसाइट मार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् ।

यसअघि आइतबार र सोमबार पनि अघिल्लो केही दिनको तुलनामा संक्रमितको सख्यामा कमी आएको मन्त्रालयको तथ्याङमा उल्लेख छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।त्यस्तै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology