Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सानै उमेरमा किन फुल्छ कपाल ?


8.2K
Shares

सानै उमेरमा किन फुल्छ कपाल ?

काठमाण्डौ ११, कात्तिक । सामान्य अर्थमा कपाल फुले बुढ्यौली लाग्यो भनेर बुझिन्छ । तर आजकल कपाल सेतो हुदैमा मानिस बुढो हुदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरैको समस्या बन्दै आएको छ । पुरुषमा पहिला देखिने सेतो कपाल कन्चट र महिलाहरुमा टाउकोको दायाबायाँ हुन्छ ।

उमेर अगावै कपाल फुल्दा धेरैलाई हैरानी हुने गर्दछ । कपाल फुल्नु वा सेतो हुनुको पछाडि विभिन्न कारणहरु हुनसक्छ । सामन्यतया उमेर बढ्दै जादा कपालको रंगमा ह्रास आउँदै जान्छ र कपालको सेतो हुन्छ । यो प्राकृतिक प्रक्रिया हो ।

सानै उमेरमा कपालको रंग अस्वभाविक ढंगले परिवर्तन हुनु चाहि कारणवश सानै उमेरमा मेलानिनको उत्पादनमा अवरोध आयो भनेर बुझ्नु पर्दछ । मुख्यतया सानै उमेरमा कपाल फुल्नुमा वंशानुगत कारण हुनसक्छ । कपाल फुल्न सक्ने अन्य कारणहरुमा पोषणको कमी, भिटामिन डी, बी १२, जिङ्क, आइरन, क्याल्सियमको कमीले पनि कपाल फुल्न सक्छ । त्यस्तै शरीरमा कुनै दीर्घरोग भएमा पनि उमेर अगावै कपाल फुल्न सक्छ भने अत्यधिक वा नियमित औषधीको सेवनले पनि कपाल फुल्न सक्छ ।

बिशेषज्ञहरुका अनुसार रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तनले पनि चाडैँ कपाल फुल्दछ भने पेटको गडबडी वा पेटको रोगका कारणले पनि सानै उमेरमा कपाल फुल्ने गर्दछ । मदिरा, धुमपान, जंक फूड आदिको लामो सेवनले पनि सानै उमेरमा कपाल फुल्दछ भने जथाभावी रासायनिक पदार्थ, प्रदूषणले पनि उमेर अगावै कपाल फुल्दछ ।

उपचार
कपाल फुलेको खासै कुनै उपचार हुँदैन । तर कारण जानेर उपचार गरेमा यो समस्या केहि हदसम्म कम हुनसक्छ । साथै कपालमा केमिकलयुक्त हेयर कलरको प्रयोग गर्नु हुदैन । त्यस्तै भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुन दिनु हुदैन । साथै सन्तुलित आहार तथा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खाने, गुणस्तरयुक्त सावुन तथा स्याम्पुको प्रयोग गरेमा कपाल फुल्नबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology