गोरखा १०, कात्तिक । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ ठाँटिपोखरी चोकमा दुई मोटरसाइकल एकआपसमा ठोकिदाँ ४ जना घाइते भएका छन् ।
पालुङटार नगरपालिका वडा नम्बर ३ सिउडेनिबाट ठाँटिपोखरी आउँदै गरेको बा ६३ प ५१०६ नम्बरको बाईक र बिपरित दिशाबाट जाँदै गरेको बा ६७ प ९१९७ नम्बरको बाईक एकआपसमा ठोकिदाँ पालुङटार नगरपालिका वडा नम्बर १ का बर्ष २९ का सन्दिप लामा, सोही स्थानका बर्ष ३६ का आईतराम लामा, गोरखा हर्मि घर भएका बर्ष ५० का तेज बहादुर थापा र सोही स्थानकी बर्ष ४५ बर्षकी एक महिला घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सवैलाई उद्धार गरि उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप बिबरण प्राप्त हुन बाँकी रहेको छ ।