Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा आमा र गुरुबाट शुभसाइतमा दसैंको टीका ग्रहण


2.9K
Shares

राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा आमा र गुरुबाट शुभसाइतमा दसैंको टीका ग्रहण

काठमाण्डौं १०, कार्तिक । रास्ट्रपति  विद्यादेवी भण्डारीले आज आमा र गुरुबाट टीका ग्रहण गर्नु भएको छ । उहाले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डे र गुरुआमा खेमचन्द्र ढकालबाट टीका लगाउनु भएको हो । आमा मिथिलाको हातबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन् ।

अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology