काठमाडौं १० कार्तिक । आईपीएलको १३ औँ सीजनको ४५ औँ म्याचमा आइतबार राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले पराजित गरेको छ ।
जितसँगै राजस्थान अंकतालिकाको छैटौँ नम्बरमा पुगेको छ । हार पछि पनि मुम्बई अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । टस जितेर पहिला पहिला ब्याटिङ गरेको मुम्बईले १९६ रनको टार्गेट दिएको थियो । जवाफमा राजस्थानले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । राजस्थानका ओपनर बेन स्टोक्सले ६० बलमा नटआउट १०७ रन बनाए ।