Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकीमा थपिए ४९ कोरोना संक्रमित


2.6K
Shares

गण्डकीमा थपिए ४९ कोरोना संक्रमित

गोरखा १०, कार्तिक । गण्डकी प्रदेशमा आज ४९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान जारी गरेको पहिलो विज्ञप्तिमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१७ का एक, वडा नम्बर १ का एक, वडा नम्बर २ का एक र वडा नम्बर ९ का एकजनामा कोरोना संक्रण पुष्टि भएका छन्।

यस्तै, गैंडाकोट नगरपालिका–१७ का एक, वडा नम्बर १२ का एक, कावासोती नगरपालिका–१७ का एक जना र मध्यबिन्दु नगरपालिका–१३ का एकजना रहेका छन्। यस्तै, तनहुँको देवघाट गाउँपालिका–५ का एक जना रहेका छन्। उनीहरू सबैजना चितवनको फिभर क्लिनिकबाट कोरोना पहिचान भएका व्यक्तिहरु हुन्।

निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्तिमा पाँच जिल्लाका ४० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४ का दुई, वडा नम्बर ८ का दुई, वडा नम्बर १ का एक, वडा नम्बर ६ का एक, वडा नम्बर १२ का एक, वडा नम्बर ११ का दुई र वडा नम्बर ४ का दुई जना रहेका छन्।

यस्तै, कावासोती नगरपालिका–१३ का एक, वडा नम्बर २ का एक, वडा नम्बर १६ का तीन, वडा नम्बर ५ का दुई, वडा नम्बर १४ का एक, वडा नम्बर १७ का एक र वडा नम्बर ८ का चारजनामासंक्रमणको पुष्टि भएको छ। बिनयत्रिबेणी गाउँपालिका–१ का एक, देवचुली नगरपालिका–१७ का एक, वडा नम्बर ५ का एक, वडा नम्बर१३ का एक, मध्यबिन्दु नगरपालिका–७ का एक, वडा नम्बर ४ का एक र वडा नम्बर ५ का एकजना रहेका छन्।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–७ का एक, गोरखाको पालुङटार नगरपालिका–१० का दुई, गोरखा नगरपालिका–१० का एक, वडा नम्बर ९ का एक जना, तनहुँको ब्यास नगरपालिका–२ का एक, आबुखैरेनी गाउँपालिका–९ का एक र लमजुङको मध्यनेपाल गाउँपालिका–१ का एक तथा राईनाश गाउँपालिका–७ का एक जना रहेका छन्।थपिएका नयाँ संक्रमितसहित गण्डकी प्रदेशमा संक्रमितहरुको कुल संख्या छ हजार ५०८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology