गोरखा ९, कात्तिक । गोरखामा जुवाको खालबाट आइतबार ४ जना पक्राउ परेका छन् । गोरखा नगरपालिका–६ हरमटारी स्थित एकघरमा जुवाखेली रहेका बेला प्रहरीले उनिहरुलाई प्रक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेको व्यक्तिहरुसंगै जुवाको खालबाट कति रकम बरामद भयो भन्ने बारेमा भने प्रहरीले केही खुलाएको छैन ।
दिउसो प्रहरी निरीक्षक सिमोन धितालको नेतृत्वमा गएको टोलीले उनिहरुलाई पक्राउ गरेको एक स्थानीयले बताएका छन् । एक घरमा बाहिर ताला लगाएर भित्र जुवातास खेलीरहेको सुराकीका आधार प्रहरीको टोली त्यहाँ पुगेको थियो । पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । तर प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई प्रमाण नपुगेको भन्दै छोड्ने तयारी गरेको स्रोतको दावी छ ।
‘आफैले जुवाको खालबाट पक्राउ गरेर ल्याउने र आफैले प्रमाण पुगेन भन्दै छोड्ने तयारी गर्नु शकास्पद छ, स्रोतले भन्यो, ‘प्रमाण नै थिएन भने कसैको घरमा बसी रहेका व्यक्तिलाई बिना आधार किन प्रक्राउ गर्यो ?’ प्रहरी निकट स्रोतका अनुसार बाहिर सूचना माग्नेहरुलाई भने प्रहरीले तर्साउनका लागि मात्र पक्राउ गरिएको जनाएको छ । शंका लागेमा प्रहरी अनुसन्धानका लागि २४ घण्टाका लागि नियन्त्रणमा लिन पाइन्छ तर त्यसका लागि पक्राउ पुर्जी सहित, प्रहरीले यदी तर्साउनका लागि पक्राउ गरिएको रहेछ भने त्यो कानुन बिपरितको कार्य हो ।
नेपालको संबिधान र कानुनले कसैलाई तर्साउने धम्काउने उद्देस्यका न त पक्राउ गर्न पाइन्छ न त नियन्त्रणमा मै राख्न । प्रहरीले धम्काउने उद्देस्यका साथ पक्राउ गरिएको भए त्यो गुण्डागर्दी शैली हो पक्राउ परेकाहरुको नाम सार्वजनिक नगर्नुलाई समेत शंकाको दृष्टिले हेरिएको छ । प्रहरीले भने धेरैबेरपछि घरको गेटको नखेलको र ढिलो गरि गोट खुल्दा तास र पैसा केही नभेटिएकाले मुद्धा दर्ताका लागि प्रमाण नपुगेको दावी गर्दैै आएको छ ।
केही हप्ता अघि गोरखाको शहिद लखन गाउँपालिकाको बुङकोटबाट अबैध बालुवा बोकेको टिप्परलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एकैठाउबाट बालुवा बोकेर ल्याएका मध्ये कसैलाई नियन्त्रणमा लिने र कसैले छोड्ने तयारी गरेपछि चर्को बिबाद भएको थियो । प्रहरीले सेटिङमा आफु निकटलाई छोडेको र अरुलाई जरिबाना गराउने तयारी गरेको भन्दै अबैध बालुवा बोक्ने एक समुहले अर्को समुहलाई रोक्ने प्रयास गरेपछि झण्डै झडपको स्थिती नै उत्पन भएको थियो । स्रोतका अनुसार बिबाद चर्किएपछि दुवै पक्षको सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि शहिद लखन गाउँपालिकालाई बुझाएको थियो ।