Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विश्व विख्यात सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष लीको निधन


2.9K
Shares

विश्व विख्यात सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष लीको निधन

काठमाण्डौं ९, कार्तिक । विश्व विख्यात सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको ७८ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहँदै आएका उनको आइतबार घरपरिवारका सदस्यहरुमाझ निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

बिरामी भएपछि उनी १ वर्ष अगाडिदेखि अस्पतालमा भर्ना भएका थिए । उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए ।

सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष ली कुन हिलाई सम्झिरहने जनाएको छ । स्थानीय व्यवसायबाट लीले सामसुङलाई विश्वको अग्रणी कम्पनीमा पुर्याएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology