काठमाडौं ८, कार्तिक । कोरोना संक्रमणका कारण तीन वटै सुरक्षा निकायमा प्रमुखले यस वर्ष मातहतका सुरक्षाकर्मीलाई दशैको टिका नलगाउने भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुले मातहतका सुरक्षाकर्मीहरुलाई दशैंको टिका नलगाउने भएका हुन् ।
कोरोना संक्रमणको कारण प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजिपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका आईजिपी शैलेन्द्र खनालले टिका कार्यक्रम स्थगित गरेको भन्दै मातहत निकायलाई सर्कुलर गरेका छन् ।
दसैंमा तीनवटै सुरक्षा प्रमुखले सरकारी निवासमा मातहतका सुरक्षाकर्मीलाई टीका लगाउने परम्परा रहेको छ ।