Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा दरबारमा भित्र्याइयो फुलपाती


6K
Shares

गोरखा दरबारमा भित्र्याइयो फुलपाती

गोरखा ७, कात्तिक । गोरखा दरवार स्थित दशै घरमा आज फुलपाती भित्र्याइएको छ । बडादशैको ७ औं दिन आज परापूर्व कालदेखि दरवारको दशै घरमा फुलपाती भित्राउने चलन अनुसार फुलपाती भित्र्याइएको गोरखा दरबार हेरचाह अडड्का प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । दरवार स्थित दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा शुभसाइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवा समेत मिलाएर तयार पारिएको फुलपाती विधिपूर्वक भित्रइएको उहाँले जानकारी दिनुभयो ।

करिब २ सय बर्षभन्दा पुरानो इतिहास रहेको यो परम्परा अनुसार गोरखा दरबारबाट आज दिउसो जंगी सहितको निशानको टोली सतिपिपल चौतारोमा पुगेर त्यहाँ रहेको टोली अर्को टोलीलाई भव्य स्वागत गरि फुलपाती लिएर दरबार फर्कने चलन छ । उत्त टोलीले बिहानी साइतमा संकलन गरेर ल्याईको फुलपातीको डोली दरबार स्थित दशै घरमा भित्र्याउने प्रचलन रहेको छ । गोरखा दरबारबाट बाजागाजा र हर्ष बढाई सहित गएको जंगी निसान सहितको दोस्रो टोलीमा ५ ब्रामण, छाता, कलश, भारबानेर, कटवाल, कल्सेनी, मंगललेनी, हजाम, दानादारको टोली गणेशथान, रामशाह चौतारो हुदै पोखरा थोकको माथिल्लो भाग हुदै तल्लो कोटको भेटीमा भेट गरिन्छ ।

फेदीमा भेट भएको टोलीलाई दोस्रो समूहमा गएका ब्राह्रमणहरुले पूजाआजा गरी संगै फर्किएर फुलपाती गोरखा दरबार पु¥याउने र पश्चिममा घाम नडुबेको तथा धेरै उज्यालो पनि नभएको समय मिलाएर कालिका मन्दिर अर्थात दशै घरमा फुलपाती भित्र्याउने प्रचलन रहेको छ । परम्परागत प्रचलन अनुसार फुलपाती भित्राइएपछि साँझ भद्रकालीको पुजा अर्चना हुने र पशुबली दिने गरिन्छ । आज साँझ नै दिप सवारीका साथै बौद्धिक बिधी पूवर्क मन्दिरमा राती अबेरसम्म पुजाआजा गर्ने प्रचलन रहि आएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology