Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो


5.4K
Shares

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा, ७ कात्तिक ।  गोरखा दरबार स्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरि दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौं पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु¥याईएपछि आज साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहदै आएको छ । कार्यालयका नायब सुब्बा चुडानिधी तिवारीले हुनमान ढोका दरबारमा फुलपाती लिएर जानुभएको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो । ‘गतबर्ष भक्तजनहको ठूलो भिडभाड लाग्ने गथ्र्योे, उहाँले भन्नभयो, यो पटक त्यो हुन सकेन, सामान्य रुपमा बिधि पु¥याएर फुलपाती पठाएका छौ ।’

तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाण्डौको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी वडादशैको सातौ दिन गोरखा दरबारको दशैंघरबाट फूलपाती सहितको डोली काठमाण्डौको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहदै आएको छ । गोरखा दरबारको दशैं घरबाट सतिपिपल स्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिता बिना नै यो पटक बिधि पूर्वक दरबारस्थित दशैं घरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको उहाँले बताउनुभयो । सतिपिपलसम्म बोकेर ल्याइएको फुलपाती राखेर हनुमान ढोकामा फुलपाती पठाइएको हो । गोरखा दरबारको दशैं घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology