Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भारतलाई टुक्र्याइदिने चीनको चेतावनी


4.1K
Shares

भारतलाई टुक्र्याइदिने चीनको चेतावनी

काठमाडौं ६ कात्तिक । भारतले चीनलाई विभाजन गर्ने गरी ताइवान कार्ड खेल्न नछाडे चीनले पनि भारतलाई टुक्र्याइदिने चीनको सरकारी अखबारले चेतावनी दिएको छ । चीनको सत्ताधारी कम्युनिस्ट पार्टीनिकट अखबार ग्लोबल टाइम्समा एक लेख प्रकाशित गर्दै चीनका अन्तर्राष्ट्रिय मामिलाका विज्ञ लंग जिंगचुनले यस्तो चेतावनी दिएका हुन् । जिंगचुन चीनको चेंगडु अफ वर्ल्ड अफेयर्सका अध्यक्ष समेत हुन् ।

जिंगचुनले चीनले भारतमा आन्तरिक विद्रोह सुरु गराउन सक्ने र यसले भारतलाई विभाजनसम्म पुर्याउन सक्ने चेतावनी दिएका छन् । भारतले ताइवान कार्ड खेल्न नछाडे चीनले पनि भारतमा पृथकतावादी आन्दोलन चलाउन सक्ने उनले चेतावनी दिएका हुन् । चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ तर ताइवानले भने आफूलाई छुट्टै देश भन्ने गरेको छ । ताइवानलाई केही देशले छुट्टे देशको मान्छन् भने केहीले मानेका छैनन् ।

जिंगचुनले लेखेका छन् ‘यस्तो देखिन्छ कि चीन र भारतबीच सीमाका विषयमा जारी तनावका क्रममा भारतलाई ताइवान कार्ड खेल्ने लत लागिसकेको छ ।’ जिंगचुनले अगाडि भनेका छन् ‘अहिलेसम्म भारतले चीनको एक चीन नीतिलाई मान्दै आएको छ र यही कारण चीनले पनि भारतमा पृथकतावादीहरुलाई समर्थन दिइरहेको छैन । तर यदि भारतले ताइवानलाई समर्थन दिन जारी राख्यो भने चीनले भारतमा विद्रोह सुरु गराउन सक्छ ।’

जिंगचुनले लेखमा चेतावनी दिँदै भनेका छन् ‘भारतका उत्तर पूर्वी राज्यहरु त्रिपुरा, मेघालय, मिजोरम, मणिपुर, असम र नागाल्याण्डमा पृथकतावादीहरुलाई विद्रोह गर्नको लागि चीनले समर्थन दिन सक्छ । किनकि यहाँका जनता फरक जातिका छन् जो आफूलाई भारतको अंग मान्दैनन् र यीमध्ये कैयौं क्षेत्र ब्रिटिस शासनमा पहिले म्यानमारको अंग थिए ।’

ताइवान कार्ड खेलेर भारतले आफ्नै हितलाई नोक्सानी पुर्याइरहेको बताउँदै जिंगचुनले अगाडि भनेका छन् ‘यदि भारतका पृथकतावादीहरुले चीनको समर्थन पाए भने उनीहरु विद्रोह सुरु गर्न सक्छन् ।’ उनले पृथकतावादीहरुको म्यानमारका सुरक्षा बलसँग निकटको सम्बन्ध समेत निकट सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्धले भारतका लागि कठिनाइ बढाउने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology