Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पाकिस्तानमा सेना र प्रहरी बिच दोहोरो भीडन्त, १० सुरक्षाकर्मीको मृत्यु


4.4K
Shares

पाकिस्तानमा सेना र प्रहरी बिच दोहोरो भीडन्त, १० सुरक्षाकर्मीको मृत्यु

कराँची ६, कात्तिक । पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ।कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन्।

सेनाका जवानहरुले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुबै पक्षबीच भिडन्त भएको थियो। दोहोरो गोली हानाहानमा सेनाका पाँच जवानको मृत्यु भएको थियो।

पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पिडिएम) को अग्रसरमा देशव्यापी विरोध प्रदर्शन भइरहेका सन्दर्भमा उक्त घटना भएको हो। पिडिएमले प्रधानमन्त्री इमरान खानको सरकारको बहिर्गमनको माग गर्दै देशव्यापी प्रदर्शन गरिरहेको छ। कराँचीमा आयोजित जुलुसमा हजारौंले भाग लिएका थिए।

पिएमएल–एनका प्रवक्ता मरयाम नवाज र सिन्धका पूर्व गभर्नर मुहम्मद जुबेरले सिन्धका प्रहरी प्रमुख मुस्ताक मेहरलाई सेनाले अपहरण गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology