Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

‘रअ’ का प्रमुखले प्रधानमन्त्रीलाई भेटेको खुलासा


3K
Shares

‘रअ’ का प्रमुखले प्रधानमन्त्रीलाई भेटेको खुलासा

काठमाण्डौ ६, कात्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटघाट भएको खुलासा भएको छ । बुधबार दिउँसो आकस्मिक रुपमा नेपाल आइपुग्नु भएका गोयलले प्रधानमन्त्रीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खुलासा गर्नुभएको हो ।

प्रेससल्लाहकार थापाले आज एक बक्तव्य नै जारी गरेको ‘रअ’ का प्रमुखसंग प्रधानमन्त्री ओलीको भेटघाट स्विकार गर्नुभएको हो । ‘रअ’ प्रमुख भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ थापाको बक्तव्यमा भनिएको छ । ‘बिज्ञप्तीमा भनिएको छ, ‘ भेटका क्रममा गोलयले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेका थिए ।’

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology