गोरखा ६, कात्तिक । गोरखा अस्पतालको आइसोलेसन कक्षमा उपचाररत १२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लाको गोरखा नगरपालिका र अजिरकोट गाउँपालिकाका संक्रमितहरु संक्रमण मुक्त भएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटण्डेन्ट डा. नबिन थापाले जानकारी दिनुभयो ।
संक्रमण मुक्त हुनेहरुमा गोरखा नगरपालिकाका वडा नम्बर ६ का बर्ष ४२, २५, २२, २९, ३३, ३७, ३७, ३२, ३७, २४, २५, बर्षका ११ जना पुरुष र अजिरकोट गाउँपालिकाका वडा नम्बर ५ का २६ बर्षका एक पुरुष संक्रमण मुक्त आएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो कोरोना परीक्षणका क्रममा उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी जानकारी दिनुभयो । निको भएर घर फर्किएकाहरुलाई थप केही समय होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको उहाँले बताउनुभयो ।