Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा २२ घण्टामा राजनीतिक हलचल मच्चाएर दिल्ली फर्किए ‘रअ’का प्रमुख गोयल


3.1K
Shares

नेपालमा २२ घण्टामा राजनीतिक हलचल मच्चाएर दिल्ली फर्किए ‘रअ’का प्रमुख गोयल

काठमाण्डौ ६, कात्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल नेपालमा राजनीतिक हलचल मच्चाएर दिल्ली फर्किनु भएको छ । बुधबार बिमान नै चार्टर गरेर नेपाल आउनुभएका गोयलले  करिब २२ घण्टा भित्रमा नेपालमा उच्च राजनीतिक भेटघाट गर्नुभएको जनाइएको छ ।

‘रअ’ प्रमुख योगल नेपाल आएको बारेमा सत्तारुढ नेकपाका जिम्मेवार नेताहरुलाई समेत जानकारी नभएको बताइएको छ । उहाँ नेपाल आएको भन्ने कुरा पत्रपत्रिकामा समाचार आएपछि मात्र सार्वजनिक भएको थियो । ‘योगल नेपाल किन आउनुभयो, कसको निमन्त्रणमा आउनुभयो, कसकसलाई भेट गर्नुभयो त्यसको कुनै जानकारी छैन, एकउच्च स्रोतले भन्यो, ‘यसरी सूचना लुकाएर गरिएको भेटघाट शंकास्पद छ कि भनेर लाग्नु स्वभाविक नै हो ।’

नेपालमा र भारत बिचको सिमाबिबाद, नेकपा भित्रको बिबाद लगायत समग्र राजनीतिक घटनाक्रमको जानकारी लिएर गोयल दिल्ली फर्किएको हुनसकने अनुमान उच्चस्रोतको छ । बिहिबार दिल्ली फर्किनु भएका गोयल फर्किएको जानकारी समेत उहाँ बिमानस्थलमा पुगेको एउटा फोटो सार्वजनिक भएपछि मात्र थाहा भएको थियो । सरकारी पक्षले ‘रअ’का प्रमुख गोयलको भ्रणम र भेटघाटलाई गोप्य राखेको छ ।

तर, केही महीना अघिदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शक्ति संघर्ष शुरु भएको र वर्तमान सरकारको भविष्य अनिश्चित बनेपछि भने भारतीय गुप्तचरहरु काठमाडौंमा सक्रिय हुन थालेको चर्चा शुरु भएको थियो। त्यही सेरोफेरोमा ‘रअ’ प्रमुख आउनु भएको हो ।
कतिपयले भने चीन भारत सम्बन्धमा बढेको तनावका कारण पनि नेपालसँग सम्बन्ध सुधार गर्नुपर्ने दबाबमा रहेकाले भारतले गुप्तचर प्रमुखलाई काठमाडौं पठाएको हुनसक्ने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार योगल सहितको टोली ‘रअ’ को टोली आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट दिल्ली फर्किएका हुन् । उक्त जहाज बुधबार दिउँसो पौने १ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो। जहाजमा आएकाहरूलाई लिन काठमाडौंस्थित भारतीय दूतावासका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology