गोरखा ६, कार्तिक । गोरखामा गएराती भएको ट्रयाक्टर दुर्घटनामा घाइते भएकाहरु सबै भीमसेन थापा गाउँपालिका-७ बोर्लाङका भएको खुलेको छ ।
घाइते हुुुनेहरुमा २० बर्षका चालक सागर रोका, २२ बर्षका रमेश परियार, १६ बर्षका बिनोद परियार र १५ बर्षका सुरज परियार रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर र २ जनाको अवस्था सामान्य रहेको छ । गएराती करिब ८:३० बजेतिर घ्याम्पेसालबाट बोर्लाङ तर्फ जाँदै गरेको ना ३ त ६५२१ नम्बरको ट्र्याक्टर झिङगटे नजिकै सिमलगैरा भन्ने ठाउमा दुर्घटनामा परेको थियो ।